Tuesday, 22 September 2015

निकासीमा रोक लगाइएको छैन : भारत





वीरगन्ज–नेपालमा हुने निकासीमा कुनै प्रकारको रोक नलाइएको सीमावर्ती रक्सौलस्थित भारतीय कस्टमले जनाएको छ। रक्सौल कस्टमका प्रमुखसमेत रहेका असिस्टेन्ट कलेक्टर कमलेश कुमारले नेपाल जाने समानहरुमा कुनै रोक नलगाइएको जनाए। जाम र असुरक्षाका कारणले क्लियरिङ एजेन्टहरु नआउँदा सामग्रीहरुको निकासीमा कमी आएको उनले बताए। 
'यस 'मिशकम्युनिकेशन' बारे वीरगन्ज भन्सारका अधिकारीसगँ आज विहानै कुराकानी भएको थियो,' उनले भने। वीरगन्ज भन्सार कार्यालयका कार्यालय प्रमुख मित्रलाल रेग्मीले पनि भारतबाट कुनै प्रकारको रोक नभएको दाबी गरे । 'छैन, कुनै प्रकारको अवरोध छैन्,' रेग्मीले नागरिकन्युजसँग भने, 'उताका अधिकारीहरुसँग हाम्रो कुराकानी भएको छ ।' विहारको बिधानसभा चुनाव र सिमावर्ती नेपालमा असहजता भएपछि सुरक्षाकर्मीले चेकजाँच भने बढाइको कुमारले बताए । नेपालको मुख्य नाका वीरगन्जसँग जोडिएको सिमावर्ती रक्सोलमा भने सूरक्षा चेकजाँचमा भारतीय सशस्त्र सुरक्षा बलले कडाई गरेको देखिएको छ। नेपालतर्फ आउने र यताबाट जाने सवारी साधन तथा यात्रुलाई रोकेर मगंलबार बिहानदेखि व्यापक रुपमा चेकजाँच गर्न थालिएको हो। रक्सौल वीरगन्ज नाका बाहेकका ग्रामिण क्षेत्रका नाकामा भारतीय एसएसबीले आवत जावतमा समान्यभन्दा अतिधेरै कडाई गरेको छ। बिहार विधानसभाको चुनावले गर्दा र नेपालमा मधेसको आन्दोलनमा भारतीय घुसपैठको आरोपपछि चेकजांच कडा भएको रक्सोलका पत्रकार दिपक अग्नीरथले बताए ।

चेकजाँचको कारण पेट्रोलियम र अरु माल सामानहरु लिएर नेपाल आउने गाडीहरुको संख्या भने कम हुने भएको छ। मधेश आन्दोलनपछि स्थानीय प्रसाशनले ससरक्षा घेरा दिएर औसत साढे २ सय गाडी नाकाबाट बिभिन्न गन्तब्यमा पठाउदै आएको छ । भारतीय कडाईपछि ७० देखि ८० गाडीभन्दा बढी पैठारी नहुने क्लियरिङ एजेन्टहरुले बताए । त्यसतै रक्सोलस्थित इण्डियन आयलले ट्यांकरको मापडण्ड चेकजाँचमा अयोग्य भन्दै करिब २ दर्जन ट्यांकरलाई तेल लोड गर्न दिएको छैन् । नागरिक दैनिकमा खबर छ ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us