Thursday, 24 September 2015

भैरहवामा शक्तिशाली बम बिष्फोट

काठमाडाैं-रूपन्देहीको सदरमुकाम भैरहवाको उत्तरी क्षेत्र पडसरी अासपासमा बिहीबार राती करिब साढे दशबजे बम बिष्फोट भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बमको अवाज करिब २ किलोमिटर टाढासम्म सुनिएकोले शक्तिशाली बम हुनसक्ने बताए। उनले घटनास्थलमा प्रहरी खटाइएको तर राती एघार बजेसम्म यथार्थ विवरण अाइनसकेको बताए।घटनास्थलमा प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको ढकालले बताए। बिष्फोटपछि अवेरसम्म कतैबाट क्षतिबारे जानकारी नअाएको हुनाले कुनै खुल्ला ठाउँमा बम बिष्फोट गराइएको हुनसक्ने उनले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us