Saturday, 26 September 2015
पेट्रोलियम पदार्थको अभाव भएपछि आइतबारदेखि जोरबिजोर प्रणाली लागू हुने
पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। गृहमन्त्रालयले आइतबारबाट जोर बिजोर प्रणाली लागू गर्न लागेको हो आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेका छौं, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने,पेट्रोलियम पदार्थको अभाव चर्कँदै जाँदा यो निर्णय गर्नु परेको हो । गृह मन्त्रालयले अहिलेको अवस्था सामान्य नहुञ्जेल जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको ढकालले जानकारी दिए । उनका अनुसार यो प्रणाली लागू भएपछि सरकारले कडाइका साथ कार्यान्वयन गराउने छ । पछिल्लो पटक सार्क शिखर सम्मेलनका क्रममा जोरबिजोर प्रणाली लागू गरिएको थियो।