Friday, 25 September 2015

नेपाललाई दोष दिँदै भारते निकाल्यो अर्काे विज्ञप्तीः ‘यो सब तिमीहरुकै कारणले भएको हो’

  

काठमाडौं, ८ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आइरहेको भारतले शुक्रबार चौथो विज्ञप्ती जारी गरेर नेपाललाई गम्भीर दोष लगाएको छ ।
संविधान घोषणापछि असन्तुष्ट भारतले शुक्रबारको विज्ञप्तीमा अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको स्वीकार गरेको छ । नेपाल सरकारले भारतीय राजदूतलाई नाकाबन्दीबारे स्पष्टीकरण सोध्ने तयारी गरिरहेका बेला भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती मार्फत अघोषित नाकाबन्दी लगाएको प्रष्ट पारेको हो ।
‘त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको विज्ञप्तीमा उल्लेख छ । यसअघि सरकारले भारतीय राजदूत रञ्जित रेलाई नाकाबन्दी सम्बन्धमा जवाफ दिन बोलाएको थियो ।
‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाह पायौं । त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणामा हो’, भारतीय विदेश मन्त्रालयले भनेको छ ।
भारतले विज्ञप्तीमा– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा समान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं ।’
यस्तै भारतले नाकाबन्दी र मधेस आन्दालनको समाधान राजनीतिक तहबाट खोज्न आग्रह गरेको छ । ‘अझै पनि हामी दोहोर्‍याउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तीमा भनिएको छ ।
यसअघि भारतले नाकाबन्दी लगाउने धम्की र ७ बुँदे संशोधन सुझाव नेपाललाई दिएको थियो ।दैनिक नेपालमा समाचार छ । 


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us