Monday, 21 September 2015

राष्ट्र बैंककले संविधान जारी भएको स्मरणमा विशेष सिक्का जारी गर्ने



संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले रु दुई हजार र रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का र रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए । उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us