Thursday, 24 September 2015

सैतानलार्इ ढुंगा हान्दा दुर्इ सय २० जनाको मृत्यु,४ सय हजयात्री घाइते

साउदी अरबको पवित्र शहर मक्कामा हजका क्रममा भागदौड हुँदा २ सय २० जना बढीको मृत्यु भएको छ ।
सैतानको प्रतिमूर्तिलार्इ ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलार्इ ढुंगा हान्ने रित पुरा गर्ने क्रममा  भागदौड मच्चिएको थियो ।

केही दिनअघि पनि मक्कामा अल(हरम मस्जिदमाथि क्रेन खस्दा भएको दुर्घटनामा कम्तिमा एक सय जनाको ज्यान गएको थियो ।
सन् २००६ को जनवरी १२ मा सैतानलार्इ ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो ।
मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलार्इ ढुंगा हान्ने चलन छ ।
मक्कामा ढुंगा हान्नुलार्इ सैतानको विरोधको प्रतिककारुपमा लिइन्छ । सैतानको प्रतिकका रुपमा रहेका तीनवटा विशाल खम्बा ठड्याइएको हुन्छ ।
यही स्थानका ती खम्बामा हजयात्री ढुंगा जम्मा गरेर बर्साउँछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us