Tuesday, 22 September 2015

नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं

एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधान नेपाली जनताको नैसर्गिक र आत्मनिर्णयको अधिकारको प्रयोग
गरेर जारी गरेको भन्दै यसमा भारतले सहयोग र सद्भाव हुनुपर्नेमा जोड दिएका छन् ।
उनले नयाँ संविधान नेपाल र नेपाली जनताको पक्षमा रहेको बताउँदै कसैको विरुद्धमा नरहेको समेत स्पष्ट पारे ।
नेपालमा नयाँ संविधान जारी भएकोप्रति भारतले तीब्र असन्तुष्टि जनाएको सार्वजनिक भइरहेको बेला एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
नेपालमा नाकाबन्दी समेत गर्ने भारतले संकेत गरेको बेला प्रचण्डले नयाँ संविधानलाई कुनैपनि दर्शन, मूल्य मान्यता र अन्तराष्ट्रिय नियम कानुनले चुनौति दिन नसक्ने बताए ।
उनले संविधान आएसँगै नेपाली जनता खुसी रहेको दाबी गर्दै नेपाल र नेपाली जनताले स्वविवेकले गरेको निर्णयमा भारतले असन्तुष्टि जनाउँनुको अर्थ नभएको समेत बताए ।
उनले आफूहरुले कसैको दवाव नझेल्ने भन्दै गाडी छाडेर साइकल चढ्न नेपाली जनता तयार हुने कि नहुने भन्दै प्रश्न समेत गरे ।
उनले अगाडी भने, ‘हामीलाई कसैले झुकाउने हो भने हामीले के गर्ने रु गाडी चढ्दै आएका हामी गाडी छाडेर साइकल चढ्न तयार हुने कि नहुने यो अहिलेको यक्ष प्रश्न हो ।’
उनले वाहिर चर्चामा आएजस्तो भारतले नाकाबन्दी गरे त्यसलाई नेपाली जनताले मिलेर मुकाबिला गर्ने समेत बताए ।
यसैबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा आज तीन दलको बैठक बोलाइएको छ । बैठक एमालेले दशरथ रंगशालामा गरेको चियापान सकिएलगत्तै बस्ने बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us