Saturday, 19 September 2015

कस्तो अचम्म! वीर्यदान गरे आइफोन सिक्सएस पाइने

विश्वभर एप्पलको आइफोनको क्रेज छ । मानिसहरुले आइफोन किन्नका लागि अनौठो कृयाकलाप गर्ने गरेको विभिन्न समाचारहरु हामी सुन्न पाइरहेका हुन्छौं । त्यही सिलसिलामा चीनको एक स्पर्म वीर्य बैंकले अनौठो अफर राखेको छ । चीनियाँ मिडियाका अनुसार देशका केही स्पर्म बैंकले त्यहाँ वीर्य दान गर्नेलाई आइफोन सिक्स एसको अफर दिएका छन् । एउटा अस्पतालको विज्ञापनमा लेखिएको छः ‘तपाईंलाई आइफोन सिक्सएस किन्नका लागि किड्नी बेच्नु पर्दैन । केवल वीर्य दान गर्नुहोस् र आइफोन सिक्सएस किन्नुहोस् ।’ यस्तो अफर सांघाईको हुआंगपुस्थित रेन्जी अस्पतालमा राखिएको छ । यस्तो अफरका लागि अस्पतालले चीनको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल विच्याटको प्रयोग गरिरहेको छ । सोमबार मात्र पोष्ट गरिएको उक्त विज्ञापनका ४ लाखभन्दा बढीले हेरिसकेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us