प्रधानमन्त्री सुशील कोइराला १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन्। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका अनुसार मन्त्रिपरिषद बैठकले शुक्रबार प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो । दुई साताको भ्रमणमा प्रधानमन्त्री कोइरालासहित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलगायत सरकारी उच्च अधिकारी संग्लन हुनेछन्। परराष्ट्र स्रोतका अनुसार असोज १४ गते राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा भाग लिएपछि कोइरालाले अमेरिकामै स्वास्थ्य उपचार गराउने छन्। कोइरालाको अमेरिका भ्रमणका लागि २ करोड ३२ लाख ३ हजार १ सय ८८ रुपैयाँसमेत मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ। नेपाल पाटीमा खबर छ ।