Monday, 21 September 2015

अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्रीले राजिनामा दिने





संविधान जारी हुनुलाई महत्त्वपूर्ण उपलब्धि भन्दै कांग्रेस सभापति एंवम प्रधानमन्त्री सुशील कोइरालाले संविधानले जनताका अधिकार सुनिश्चित गरेको बताए ।  अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्रीले राजीनामा गर्ने र नयाँ सरकार गठनको बाटो खुल्ने बताएको बडूले जानकारी दिए ।
‘संविधान आउनुलाई प्रधानमन्त्रीले महत्त्वपूर्ण उपलब्धि भएको र अब जनताका सबै अधिकार सुनिश्चित हुँदै नेपाल समृद्धिमा अघि बढ्ने बताउनुभएको छ,’ बडूले भने, ‘म अमेरिका जाँदै छु, उताबाट फर्केपछि पहिले गरेको प्रतिबद्धताअनुसार राजीनामा गर्छु भन्नुभएको छ ।’
प्रधानमन्त्रीले बैठककमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख परिवर्तना सहितका प्रक्रिया आफू फर्किएपछि टुंगिदै जाने बताएका थिए । प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबार अमेरिका जाँदै छन् । कोइराला दुई हप्तापछि अमेरिकाबाट फर्कने कार्यक्रम छ । प्रधानमन्त्री फर्केपछि संसद्को अधिवेशन बोलाउने र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्नेछ । सेतो पाटीमा खबर छ ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us