संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार राजविराजमा बसेको बैठकले जारी आन्दोलनलाई निरन्तरता दिदैं अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ। सरकार र प्रमुख दलले आफ्ना मागको कुनै सुनुवाई नगरेको भन्दै मोर्चाले भन्सार नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई जोड दिने निर्णय गरेको हो।
राजविराजमा जारी दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले वार्ताको ढोका बन्द नगरेको बताए। ’तर, वार्ताका लागि हामीले राखेका पूर्व शर्त सरकारले पूरा गर्नुपर्छ,’ उनले भने। मधेसी मोर्चाले पूर्व पश्चिम हुलाकी लोकमार्गमा मानव साँगलो निर्माण गर्ने, सरकारी कार्यालय, भन्सार नाका बन्द गराउने जस्ता आन्दोलनको कार्यक्रम ल्याएको छ।
मधेसी मोर्चाको निर्णयहरुः
१. जारी आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्ने।
२. शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्था, भन्सार नाका आदि बन्द गराउने र राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी ढंगले परिचालन गर्ने।
३. मेची, महाकाली, (हुलाकी लोकमार्ग)मा मानव श्रृखंला निर्माण गरी हातोमाले कार्यक्रम गर्ने।
४. सरकराले निहत्था जनतालाई टाउको र क्षातिमा गोली हानी हत्या गरी मानव अधिकारको हनन गर्नुका साथै मानवता विरुद्ध अपराध तथा अन्तराष्ट्रिय मानवीय कानुनको उल्लघंन गर्ने अपराध गरेको हुँदा सो सम्बन्धमा सर्वोच्च र अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्ने।
५. मोर्चा मुस्लिम समूदायको पर्व कुर्वानी ईद (इदुल अहजा) को उपलक्षमा उहाहरुको शान्ति र समृद्धिको शुभकामान व्यक्त गर्दछ।
६. मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवंमे मुस्लिम संघर्ष समिति लगायतकासँग भइरहेको सहकार्यलाई अगाडि बढाउदै यसका अतिरिक्त मोर्चाकोसँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थाहरुसँग सहकारी गर्दै अगाडि बढनका लागि मोर्चा चार सदस्य सचिवालयका सदस्यहरु क्रमशः राजेन्द्र प्रसाद श्रेष्ठ, गोविन्द चौधरी, मनिषकुमार सुमन र रामनरेश राय रहेको कार्यदल गठन गरिएको छ।
७. २०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही व्यक्तिबाट मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झन्डा जलाउने कार्य गरेको हुदाँ सो कार्यको मोर्चा घोर भत्सर्ना एवंम निन्दा गर्दछ।सेतो पाटीमा समाचार छ ।