
बारामा प्रर्दशनकारी र प्रहरीविच आज भएको झडपमा २ दर्जन घाईते भएका छन् । आन्दोनर्त संयुक्त मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच बाराको सदरमुकाम कलैयामा दोहोरो झड्प भएको हो । मोर्चाका कार्यकर्ताहरुले कलैयाको बिभिन्न ठाउँमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झड्प भएको हो ।
दोहोरो झड्पका क्रममा प्रदर्शनकारीहरुले प्रहरी माथि ढुङ्गामुडा, पेट्रोल बम र एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी नायब उपरिक्षक बिनोद शर्माले बताए । स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले लाठी जार्च गर्नुका साथै ११ सेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको उनले बताए ।
प्रहरी तर्फ घाइते हुनेहरुमा प्रहरी जवान रामप्रवेश ठाकुर र लक्ष्मीनारायण यादव, सशस्त्र प्रहरीका बरिष्ठ सशस्त्र प्रहरी हवल्दार भबिशंकर राइ , सशस्त्र प्रहरी जवानहरु नारायण थापा , हरिनारायण चौधरी , कृष्णप्रसाद पौडेल , अर्जुन भट्ट , दिलबहादुर फुयाँल र धु्रव बस्नेत घाइते भएका छन् । एसिड लागेर उनीहरुको पोशाक जलेको छ । आन्दोलनकारी तर्फका हिरालाल पटेल , राजु पटेल , प्रबिन पटेल , रामलखन महत्तो र शैलेन्द्र शम लगाएत घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले बारा सदरमुकाम कलैया स्थित नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभासद रामअयोध्याप्रसाद यादवको सम्पर्क कार्यालयमा तोडफोड गरेका छन् । तराई मधेसमा बिगत ३८ दिन देखी आन्दोलनर्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले जनजिवन थप कष्टकर बनेको छ ।