Tuesday, 15 September 2015

संविधान जारी भएको सात दिनमै नयाँ प्रधानमन्त्री, एक महिनामा नयाँ राष्ट्रपति !

नयाँ संविधान जारी भएको एक साताभित्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ।नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९२ मा नयाँ संविधान जारी भएको एक साता भित्रै चालु संसद्‍बाट नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।

असोज ३ गते संविधान घोषणा र जारी हुने भएकोले असोज १० सम्म नयाँ सरकार गठन हुने छ।संसद् अधिवेशन पनि चालु रहेकोले छिटै प्रधानमन्त्री चयन हुन लागेको हो। संसद् चालु नरहेको भए संसद् अधिवेशन डाकेर प्रधानमन्त्री चयन केही ढिलो हुन्थ्यो। कांग्रेस एमालेबीच भएको समझदारीअनुसार असोज १० भित्रै एमाले अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री हुने संभावना छ।२०७० माघ २६ गतेको सातबुँदे सहमतिमा संविधान निर्माण भएपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्ने र एमाले अध्यक्ष  ओलीले सरकारको नेतृत्व लिने  स्पष्ट उल्लेख छ। स‌ंविधान निर्माणको क्रममा १६ बुँदेदेखि एक ठाउँमा रहेका मुख्य चार दलहरुबीच पनि यसमा सहमति भइसकेको छ। त्यसैले ओली भावी प्रधानमन्त्रीमा निश्‍चित भएका छन्।
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us