भारतले अघोषित नाकाबन्दी गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको गरेको भन्दै युवा विद्यार्थीहरुले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।
नेपालको राष्ट्रिय झण्डा सहित विरोध प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरुले ‘ब्याकअफ इन्डिया’ लेखिएको ब्यानर, प्लेकार्ड बोकेर भारतीय नाकाबन्दी र हस्तक्षेत्रका बिरुद्ध नाराबाजी गरेका हुन् । नेपालको आन्तरिक मामिला समाधान गर्न नेपाली आफै सक्षम भएको बताउँदै प्रदर्शनकारीले भारतीय हस्तक्षेप स्वीकार्य नहुने बताए ।