
घरमै अपहरणकारी
नयाँ पात्रिका दैनिकमा छपिएको खबर अनुसार घर भाडामा लिएर अपहरण धन्दा सन्चालन गर्दै आएका दुई भारतीय सहित ५ जनालाई प्रहरीले झापाबाट हतियार सहित पक्राउ गरेको छ । प्रहरीले अपहरणमा संलग्न भरत गोरखपुरका सुनिलकुमार सिंह , पञ्जाबका रन्जित सिंहसहित सिद्धार्थ नगरपलिका ८ का ओमकुमार काहार, सप्तरी कबीलास २ का सन्तोषकुमार चौधरी र सप्तरीकै सुनिल कुमार चौधरीलाई हतियारसहित पक्राउ गरेको हो।
प्रहरीले अपहरणकारीले ३ सतादेखि बाधेर यातना दिईएका तीन जना भारतीय युवालाई पनि उद्दार गरेको छ। उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।