Monday, 21 September 2015

अब वार्ता हुँदैनः मधेसी मोर्चा



तीन ठूला दलले दुई तिहाइ बहुमतको बलमा संविधान जारी गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बार्ता र संवादको अध्याय सकिएको दाबी गरेको छ । संविधानसँग असन्तुष्टहरूबीच बृहत् मोर्चाबन्दी गर्ने योजना समेत मोर्चाले बनाएको छ । यसअघि राजधानीमा भदौ ३१ गने बसेको बैठकले उनीहरूसँग मोर्चाबन्दी र कार्यगत एकता गर्ने निर्णय गरेको थियो । मंगलबार सप्तरी सदरमुकाम राजबिराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए । हामी वार्ता र संवादबाटै निकाश खोज्न तयार थियौँ । तीन दलले जर्बजस्ती गरेर हामीलाई त्यहाँ पुर्याइदिए । जहाँबाट अब फर्कन गाह्रो भइसक्यो,’ ठाकुरले भने ‘सरकार र  तीनदलले वार्ताको अध्याय समाप्त गरेका छन् । अब हामी उपेक्षित र असन्तुष्टहरूसँग मिलेर अघि बढ्छौँ । ’ समाचार आजको कान्तिपुर दैनिकमा छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us