काठमाण्डौ : नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले कतारमा गर्न लागेको आठौं नेफ्टा अवार्डमा सहभागी हुन मंगलबार कतार उडेका नेपाली कलाकारको टोली शारजहाँमा अलपत्र परेका छन्। टिकट सस्तो पर्ने भन्दै आयोजकले सिधै दोहाको सट्टा शारजहाँमा ट्रान्जिट पारेर लगेको थियो। शारजहाँमा एयर अरेबियाले १५०० डलर नहुँनेलाई प्लेन चढ्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्। यसरी रोकिएपछि एयर अरेबियासँग विवाद भएको कतार पुगेका एक कलाकारले बताए।
उनले भने,’आयोजकले १५०० डलर साथमा बोक्नुपर्ने नियमको बारेमा जानकारी नगराउँदा कलाकार साथीहरु २४ घण्टा बितिसक्दा पनि कता भएको छ। हामीसँग एयर अरेवियाका कर्मचारीले दुर्व्यवहार पनि गरे।’
ती कलाकारका अनुसार अरेवियाका कर्मचारीहरुले ठुल्ठूलो स्वरमा कराएको बताए। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, अभिनेता आर्यन सिग्देल, वितरक तथा निर्माता नरेन्द्र महर्जन लगायत अझै शारजहाँमै छन्। उनले १५०० डलर साथमा हुने केही कलाकारसँग आफू भने कतार आउन सफल भएको जनाए।
मसँगै मदनकृष्ण श्रेष्ठ लगायतका वरिष्ठ कलाकारलाई एयर अरेबियाका कर्मचारीले हातमा १५०० डलर लिएर लाइनमा बस्न लगाए र प्रत्येकको पैसा गनेर मात्र विमान चढ्न दिए।’ यसरी आफ्नो र वरिष्ठ कलाकारलाई गरेको व्यवहारले आफू लज्जित र अपमानित भएको महशुस गरेको भने। कतारमा भोली अवार्ड हुँदैछ तर कार्यक्रममा प्रस्तुति दिने कलाकार अझै शारजहाँमै अड्किरहेका छन्। त्यस्तै उनले ‘मदन दाईले हातमा डलर लिएर उभिनु परेको दृश्य हेर्नुपर्दा मुटु चिरिएको’ बताए।सेतो पाटीमा खबर छ ।