Monday, 14 September 2015

कपनमा अर्की युवतीमाथि रहस्यमयरुपमा एसिड प्रहार

काठमाडौं । भारतमा टेलिफिल्मबाट सिकेर गत फागुनमा जीवन विकले वसन्तपुरमा पूर्व प्रेमिकामाथि एसिड गरे । सोही घटनाको सिको गर्दै राजधानीमा अर्को एसिड काण्ड भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ तर, घटना निक्कै रहस्यम भएको प्रहरीले जनाएको छ । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा अनिता कार्की गत मंगलबार एसिड प्रहारबाट घाइते भएकी छिन् । उनको ओठमुनिको भागमा गम्भीर घाउ लागेको छ । पीडित छात्रा कार्कीले आफूमाथि अपरिचित तीन चारजना व्यक्तिले एसिड हानेको र उनीहरु भागेको बताएकी छन् । उनको केएमएसी अस्पतालमा उपचार भइरहेको छ । एसिडले उनको ओठमुनी र बायाँतर्फको गालामा घाउ भएको छ । कपनको ज्योतिमगरस्थित घर फर्कने क्रममा एकान्तस्थलमा आफूमाथि एसिडले आक्रमण भएको कार्कीले बताएकी छिन् । घाइते अवस्थामा दौडिदै उनी घर पुगेकी थिइन् । परिवारले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us