Thursday, 17 September 2015

देशभर खुसीयाली र दिपावली



संविधानसभाले नयाँ संविधान पारित भएपछि मुलुकभर खुसीयाली छाएको छ। जनताले घरघरमा दिपावली गरेर नयाँ संविधानको स्वागत गरेका छन्। 
बुधबार राति नयाँ संविधान पारित हुनसाथ राति नै राजधानी तथा बाहिरका सहर तथा गाउँमा विभिन्न राजनीतिक दल तथा जनताले दिप प्रज्ज्वलन गरेर खुसीयाली मनाएका थिए। बिहीबार पनि नयाँ संविधानको स्वागतमा हरेक जिल्लामा विजयोत्सव मनाइँदैछ। 
राजनीतिक दलहरुले नयाँ संविधानको स्वागतमा दिपावली गर्न र विजयोत्सव मनाउन पार्टी सम्वद्ध संस्था तथा कार्यकर्ताहरुलाई बुधबार नै निर्देशन दिइसकेका छन् । विदेशमा रहेका नेपालीहरुले पनि संविधान पारित भएपछि समाजिक सञ्जालमा सुभकामना तथा बधाइ साटासाट गरेर खुसीयाली मनाएका छन् । विभिन्न देशमा रहेका नेपालीहरुले दिपावली गरेर नयाँ संविधानको स्वागत गरेका छन्। 
नयाँ संविधानको खुसीयाली मनाउन सरकारले दुई दिन सार्वजनिक विदा दिने तयारी गरेको छ। संविधान घोषणा हुने दिन असोज ३ र ४ गते सार्वजनिक विदा दिएर नयाँ संविधानको आगमनलाई राष्ट्रिय चाडको रुपमा मनाउने तयारी भइरहेको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us