Friday, 18 September 2015

मधेस आन्दोलनमा मारिएका परिवारलाई सरकारले १० लाख दिने

सरकारले पछिल्लो समय भएको आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख क्षतिपूर्ती दिने भएको छ । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले ज्यान गुमाएका परिवारलाई १० लाख दिने र आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकमा सरकारले २६ वटा नगरपालिका र एउटा उपमहानगरपालिका थप्ने निर्णय गरेको छ । बैठकले २६ वटा नयाँ नगरपालिका थपेको छ भने कैलालीका फुलबारी र उर्मा गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाएको छ । शुक्रबारको सरकारको यो निर्णयपछि नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us