Tuesday, 15 September 2015

राष्ट्रपति र प्रधानमन्त्रीबीच सितल निवासमै चर्काचर्की





राष्ट्रपति डा. रामवरण यादवले आफुलाई नसोधी संविधान जारी गर्ने मिति तय गरेको भन्दै प्रधानमन्त्री सुशील कोइरालासँग गुनासो गरेका छन् । मंगलबार विहान करिव एक घण्टा भएको छलफलमा राष्ट्रपति यादवले यस्तो गुनासो गरेका हुन् । गत शुक्रबार राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष नेम्वाङलाई संविधान निर्माणको प्रक्रिया रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । तर शिर्ष दलका नेताहरुले राष्ट्रपतिका आग्रहलाई वेवास्था गरेपछि उनी रुष्ट बनेका थिए ।
संविधान जारी गर्ने मिति तय गर्दा समेत प्रमुख दलहरुले आफुसँग सल्लाह नगरेको भन्दै उनले प्रधानमन्त्री कोइरालासँग असन्तुष्टी जनाएको स्रोतले बताएको छ । राष्ट्रपतिले असन्तुष्ट मधेसी दललाई वार्तामा ल्याउन सरकारले गम्भिर पहल नगरेको आरोप पनि लगाएका छन् ।
राष्ट्रपति यादव र प्रधानमन्त्रीको संवादमा केही असहजता पनि भएको थियो । राष्ट्रपतिले छिमेकी मुलुक र मधेसीबादी दललाई सन्तुष्ट नवनाएर संविधान जारी गर्न नसकिने पक्षमा बोलेपछि प्रधानमन्त्री पनि आक्रोसित भएका थिए । उनले अब कुनै पनि शक्तिले संविधान जारी गर्न रोक्न नसक्ने चेतावनी राष्ट्रपतिलाई दिएको स्रोतले बताएको छ ।
राष्ट्रपति निवासबाट बाहिर निस्किँदा प्रधानमन्त्री कोइराला गम्भिर थिएँ । उनले सञ्चारकर्मीसँग पनि आक्रोसित हुँदै संक्षेपमा कुरा गरेका थिए ।दैनिक खबरमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us