Monday, 21 September 2015

१२० वर्षीया बृद्धाद्वारा ७५ केजीको मैनबत्ती बाल्दै नयाँ संविधानकाे स्वागत







डडेल्धुरा–नेपालको संबिधान २०७२ जारी भएको अवसरमा डडेल्धुरामा १२० वर्षीया बृद्धा पार्वती खड्काले ७५ किलोको मैनबत्ती बालेर स्वागत गरेकी छिन्। डडेल्धुरा शान्ति समितिको आयोजनामा आइतबार साँझ ६ बजे सुदरमुकामको मुख्य चोक तुफानडाडाँमा ७५किलोको मैनबत्ती बालिएको हो।
देशमा  समृद्धि र शान्ति कामय होस भनेर आफूहरुले ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ती बालेकोे शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले बताए । 'संविधान निर्माणसँगै देशमा पूर्ण बिकासको बाटो खुल्ने अपेक्षासहित देशकै प्रतिनिधित्व गर्ने गरी मैनबत्ति बालिएको हो,' नेपाली काग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, 'बिभिन्न दलको विमतिसँगै लामो अन्यौलकाबीच देश बिकासको बाटोमा लम्किने आशाको प्रतिकका रुपमा मैनबत्तिलाई लिएका छौं।' नागरिक दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us