Saturday, 26 September 2015

मधेस आन्दोलनको पक्षमा समाचार नदिएको भन्दै जनकपुरका युवाले टिभी फुटाए




 जनकपुरधाम, असोज ९ - मधेशमा डेढ महिनादेखि चलिरहेको आन्दोलनको समाचार नदिएको भन्दै जनकपुरमा युवाहरुले टिभी सेट फुटाएका छन् ।उज्यालो अन्लाईनमा समाचार छ ।
राष्ट्रियस्तरका सञ्चार माध्यमले मधेश आन्दोलनको समाचार बंग्याएर एवं नकरात्मक हिसाबले मात्र दिने गरेको उनीहरुको आरोप छ । मधेश आन्दोलनलाई समर्थन नगरेको भन्दै टिभी सेट फुटाउने युवाहरुले बोकेको ब्यानरमा भने राष्ट्रिय मिडियाहरु जातिवादी भएकोले मधेशी युवाहरु यसको विरोध गर्छन भनेर लेखिएको थियो । जनकपुरको पिडारीचोकमा शनिवार दर्जनौं सेट टिभी फुटाएर युवाहरुले जलाउँदै गर्दा हेर्नेहरुको भीड लागेको थियो । केहि दिनअघि मात्र जनकपुरमा यूवाहरुले कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिक, नयाँ पत्रिकालगायतको राष्ट्रिय पत्रिकाहरुसमेत जलाएको थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us