राजधानीको मध्यमागमा रहेको रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने गरी महानगरपालिकाले योजना अघि बढाएको छ ।१२ बैशाखको विनाशकारी भूकम्पले उपत्यकाका अधिकांश पुरातत्विक महत्वका सम्पदा नष्ट भएका बेला महानगरले रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने अवधारणासहित पुनर्निमाण योजना बनाएको छ । महानगरको योजना समयमै कार्यान्वयन भए आगामी डेढ वर्षभित्र रानीपोखरीले रुप फेर्ने नयाँ पत्रिकामा खबर छ ।
पुनर्निर्माणमा के के बन्छ ?
· पोखरीभित्रको हिलो झिकिनेछ, पानीको आगमन र बहिर्गमनको व्यवस्था गरिनेछ, पोखरीको मध्यभाग तथा चारैतर्फ विद्युतबाट चल्ने ‘म्युजिकल फाउन्टेन जोडिनेछ ।
· पोखरीको गहिराई नियाल्न सकिने गरी सफा पानी, किनारमा बालुवा तथा ढुंगाका टुक्राको सजावटसहित पानीमा आकर्षक रंगीन माछाका भुरा छोडिनेछ ।
· पोखरीको चारैतर्फ ५० फिट खाली ठाउँ राखिनेछ भने खाली ठाउँमा बगैँचा निर्माण गरिनेछ ।
· फराकिलो फुटपाथ, बीचबीचमा बस्न मिल्ने बेच्न र ठाउँ ठाउँमा झुलन पनि निर्माण गरिनेछ ।