Tuesday, 22 September 2015

एमालेको सम्पत्ति १ अर्ब ६३ करोड



काठमाडौं-संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालसँग देशभर एक अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बराबर सम्पत्ति रहेको छ ।

एमालेको मुखपत्र नवयुगमा प्रकाशित रिपोर्ट अनुसार पार्टीका नाममा विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्तिलाई चलनचल्तीको मूल्यमा ढाल्दा त्यत्ति रकम हुन आउने देखिन्छ ।

एमाले युवा नेता निरज आचार्यले तयार पारेको उक्त रिपोर्ट अनुसार एमालेसँग ५६ जिल्लामा आफ्नै भवन छ भने बाजुरा, कालिकोट, मुगु, हुम्ला, प्युठान, बागलुङ, पाँचथर र ताप्लेजुङमा जग्गा खरिद गरेर भवन निर्माणको तयारी भइरहेको छ ।

काठमाडौंको मदरनगर बल्खुमा १० रोपनी जग्गामा पाँच तलाको केन्द्रीय कार्यालय (भूकम्पले भत्किएर प्रयोग गर्न नहुने भएको) देखि भेरी, राप्ती, लुम्बिनी र कोसीमा अञ्चल कमिटीका कार्यालय भवन बनेका छन् ।अाजको बुधबार साप्ताहिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us