Monday, 21 September 2015

खुलामञ्चबाटै भारतलाई ओलीको चुनौती

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खुलामञ्चबाट भातलाई चुनौती दिएका छन् ।
नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै ओलीले भारतलाई चुनौती दिएका हुन् ।
उनले कार्यक्रममा बोल्दै पहिला नेपाल र नेपाली जनताको स्वाभिमान कायम राखेर छिमेकी देशसँगको सम्वन्ध कायम राख्ने चुनौती दिएका हुन् । संविधान निर्माणका सन्दर्भमा भारले हस्तक्षेप गर्न खोजेको आरोप आइरहेका बेला ओलीको त्यस्तो भनाई आएको हो ।

उनले सबै विदेशी मित्रहरुसँग र छिमेकमीसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहेको भन्दै पछिलो आफ्नो स्वाभिवान कायम राख्ने उद्घोष गरे ।

छिमेकी राष्ट्र भारतले संविधान जारी हुनका लागि केही ढीला गर्न आग्रह गरेको प्रसङ्गलाई पनि उनले सहज प्रतिक्रिया दिए ।
‘संविधान बनाउन ढीला गरियोस् भन्ने आवाज आएकै हो, तर हामीले यसअघि नै ८–९ वर्ष ढिला गरिसकेका थियौं, पहिलो संविधानसभा असफल भएको पाठ सिकेका थियौं । संविधानसभाबाट संविधानकै लागि ७० वर्ष बितायौं, त्यसैले यसपालि ढिला गर्न चाहेनौं,’ ओलीले भने ।
उनले खुलामञ्चबाटै नयाँ संविधानमा सबैको अधिकारको सुनिश्चित गरेको दाबी गरे ।  ‘यो संविधानमा कहाँनिर अधिकार खोसियो,’ उनले प्रश्न गरे, ‘पढेर आउनुस्, म बहस गर्न तयार छु ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us