मुलुकमा आउँदो असोज ३ गते नयाँ संविधान जारी हुने भएको छ । संविधानसभाले यस सम्वन्धि कार्यतालिका सोमवार सार्वजनिक गरेको हो ।संविधानसभा सचिवालयले गराएको जानकारी अनुसार आउँदो असोज ३ गते साँझ ५ बजे संविधानसभा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामबरण यावदले नयाँ संविधान जारी भएको घोषणा गर्नु हुने भएको छ । राष्ट्रपतिलाई यस सम्वन्धि जानकारी औपचारिक पत्र मार्फत संविधानसभा सचिवालयले गराउने भएको छ । असोज ३ को विशेष कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गर्नुहुनेछ भने सवै सभासदले संविधानमा हस्ताक्षर गरेपछि राष्ट्रपति यादवले संविधानजारी भएको घोषणा गर्नुहुनेछ ।