संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको छ । प्रवक्ता ढकालले भने – “शान्ति सुरक्षामा खलल पुर्याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ।”
उनले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताए। संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनको भनाइ थियो।