Wednesday, 23 September 2015

भारतीय विदेश मन्त्रालयले भन्यो– नेपालको संविधान संशोधन गर्न सुझाव दिएका छैनौ





काठमाडौं, असोज ६ । भारतीय विदेश मन्त्रालयले  नेपालको संविधान संशोधन गर्नका लागि कुनै सुझाव नदिएको बताएको छ ।

बुधबार साँझ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै ’इन्डियन एक्सप्रेस’मा बुधबार प्रकाशन भएको समाचार  गलत भएको बताएका छन् ।

‘भारत सरकारले नेपालको संविधान संशोधन गर्न कुनै सुझाव दिएको छैन । संविधानको कुनै विशेष धारामा संशोधन गर्नु पर्ने नभनी हामी पहिले भनिए झैं असन्तुष्ट पक्षका माग हिंसाबाट नभई वार्ताबाट समाधान गर्नुपर्ने पुरानै कुरा जोड दिन्छौं’  भारतीय विदेश मन्त्रालयल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतीय समाचार पत्र ‘इन्डियन एक्सप्रेस’ को बुधबारको अंकमा भारतले नेपालको संविधानमा संशोधन गर्नुपर्ने सात वटा बुँदा बनाएर पठाएको भन्ने समाचार प्रकाशित भएपछि सोही पत्रिकालाई आधार मान्दै नेपालका मिडियाले पनि समाचार सम्प्रेषण गरेका थिए ।‘इन्डियन एक्सप्रेस’ उदृत गर्दै नेपाली सञ्चार माध्यममा भातले नेपालको संविधान संशोधनमा गर्न दवाव दिएको समाचार आएपछि नेपाली केही राजनीतिक दलका नेताहरुले भारतको चर्को आलोचना गरेका थिए । नेपाली पत्रमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us