Monday, 28 September 2015

चिनियाँ राष्ट्रपतिले भने नेपाल केही गरीब होला तर, मान सम्मानमा उच्च छ

नेपालमा संविधान जारी भएपछि दक्षिणका छिमेकी मुलुक भारतले असन्तुष्ट जनाउँदै नाकाबन्दी गरेपछि नेपालको पक्षमा विश्वका शक्तिशाली मुलुकहरु उभिन थालेका छनु । भारतले नेपालमाथि देखाइरहेको गतिविधिले उसको राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य बन्ने सपना समेत तुहिने देखिएको छ ।
यस्तोमा नेपालको उत्तरी छिमेकी मुलुक चिनीयाँ राष्ट्रपति सी जिनपिङले नेपाल अरु बिकसित मुलुकहरुभन्दा केही गरीब नै भए पनि उसको आफनै सान र मान रहेकोले त्यसको मान(सम्मानमा कुनै आच आउन नदिने बताउनुभएको छ ।
त्यस्तै नेपालमा वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us