Sunday, 13 September 2015

चाडपर्वसँगै अखाद्य वस्तुको मिसावट बढ्यो होसियार !




हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण पर्व दसैँ तथा तिहार नजिकिँदै गर्दा मिठाई पसलहरूले अखाद्य वस्तुको मिसावट गर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाएको हो । अखाद्य वस्तुको मिसावट गर्ने प्रवृत्ति निरुत्साहित गर्न खाद्य तथा वाणिज्य टोलीहरूको सहभागितामा अनुगमन तीव्र पारिएको प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले चाडपर्वको मौकामा अखाद्य वस्तु मिसाएर उपभोक्ता ठगी गरेको पाइए त्यस्ता कारोबारीलाई कडा कारबाही गरिने बताए । प्रजिअ अर्यालका अनुसार मिठाई पसलका साथै अन्य उपभोग्य वस्तुमा पनि मिसावटको सम्भावना हुने भएकाले अनुगमन थालिएको छ । त्यसका लागि प्रशासन कार्यालयले तीनवटा छुट्टाछुट्टै टोली खटाएको छ । 

यसैबीच, आइतबार प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा केही पसल कारबाहीमा परेका छन् । सहायक प्रजिअ शरद पोख्रेलले गौशालाको व्यञ्जन मिठाई पसल र त्रिपुरेश्वरको आँगन मिठाई पसलमा सिलबन्दी गरिएको जानकारी दिए । प्रशासन कार्यालयका अनुसार राजधानीमा दसैँ–तिहारको आगमनसँगै विभिन्न खाद्यवस्तुमा अखाद्य राखेर बिक्री गर्ने तथा दैनिक उपभोग्य वस्तु एवं पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी ठगी गर्ने प्रवृत्ति बढेको गुनासो आउन थालेको छ । त्यस्तो प्रवृत्तिले उपभोक्ता ठगिने, स्वास्थ्यमा गम्भीर समस्यासमेत देखापर्ने भएकाले प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको हो। नयाँ पत्रीका दैनिकमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us