Sunday, 13 September 2015

बाबुले दुईवर्षे छोराको कुटेर हत्या गरे ।





एक बाबुले आफ्ना दुईवर्षे छोराको निर्घात कुटपिट गरेर हत्या गरेका छन् । खोटाङ घर भई राजधानी बस्दै आएका हरिधन राईले कुटपिट गरेर छोराको हत्या गरेका हुन् । श्रीमती घरमा नभएका वेला शनिबार राईले नाबालक छोरालाई कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भए पनि उपचार गर्न अस्पताल नलगी घरमै बसिरहेका वेला श्रीमती आइपुगेपछि उनले नै छोरालाई उपचारका लागि अस्पताल लगेकी थिइन् । बालकको उपचारका क्रममा आइतबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो । वीर अस्पतालमा छोरा भर्ना गरेलगत्तै हरिधन भने फरार भएका थिए । 

प्रहरीले उनलाई महाराजगन्जबाट शनिबार दिउँसो पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर धर्मराज भण्डारीका अनुसार राईकी श्रीमती पुष्पा अफिसबाट फर्किएपछि बच्चालाई बेहोस अवस्थामा फेला पारेकी थिइन् । त्यसपछि अस्पताल पुर्‍याइएको थियो । बालकको अवस्था गम्भीर भएको भन्दै सिभिल अस्पतालले वीर अस्पतालमा रिफर गरेपछि हरिधन भागेका थिए । बच्चाको टाउको र चिउँडोमा चोट लागेको थियो । प्रहरीका अनुसार योजनाबद्ध रूपमा नै उनले छोरालाई कुटपिट गरेर मारेको देखिन्छ । नयाँ पत्रीका दैनिकमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us