स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले संसार त्यागेको १ बर्ष वित्दै गर्दा उनकी ८८ वर्षिय आमा जगत कुमारी श्रेष्ठको वुधबार निधन भएको छ । छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावाहिलको ओम अस्पताल पुर्याइएको थियो ।
खबरका अनुसार उनको वुधबार राती नै उक्त अस्पतामा निधन भएको हो् ।