Sunday, 27 September 2015

भारतीय क्षेत्रबाट प्रहरीमाथि आक्रमण, ढुंगा र बोतल प्रहार



संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव धर्ना बसेको स्थलमा प्रहरीमाथि भारततिरबाट आक्रमण भएको छ। जोगबनी भन्सारस्थित एक नम्बर ढाटमा प्रहरीमाथि भारततिरबाट ढुंगामुढा र बोतल प्रहार भएको हो।सेतो पाटीमा खबर छ । 
प्रहरीका अनुसार केहीबेर तनावको स्थिति सिर्जना भएको छ। पारिबाट आक्रमण गर्ने समूह आन्दोलनकारी दलका कार्यकर्ता हुन् वा अन्य को हुन् पुष्टि हुन सकेको छैन।आइतबार विहानैदेखि पारितिरबाट केही समूह एक नम्बर ढाटमा आएर प्रहरीमाथि आक्रमण गर्न खोजिरहेका थिए। भारतीय सीमा सुरक्षा बल एसएसबी समेतले तिनीहरूलाई लखेट्न सकेको थिएन।
मध्याह्न १२ बजे प्रहरी निरीक्षक पौडेल इप्रका रानीबाट खाना खाएर एक नम्बर ढाट पुग्दा १५/२० जनाको समूह भारतबाट नेपाल छिर्न खोजिरहेको थियो। तर उनले लखेटेका थिए।
त्यो गेटको एक सय मिटर छेऊमा उपेन्द्र यादवसहितको समूह धर्नामा बसिरहेको छ। यद्यपि, यादव भने घरिघरि पुग्ने र फर्किहाल्ने गरिरहेका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारततिरबाट आक्रमण भएकाले अब के गर्ने भन्ने सोच्न नसकिएको बताए। ‘भारतीय एरियाबाट प्रहरीलाई आक्रमण गर्ने प्रयास भइरहेको छ,' कार्कीले भने, ‘उतापट्टि केही गर्न नमिल्ने भएकाले अब के गर्ने सोचनीय बनेका छौं।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us