Tuesday, 22 September 2015

बन्दबाट आजित सर्वसाधारणाले पुर्वमा बन्दकर्तालाई लखेटे

संविधानप्रति असन्तुष्ट भई पूर्वमा बन्द आह्वान गर्ने राजनीतिक दल, तिनका भातृ संगठन र जातीय–क्षेत्रीय संघसंस्थाप्रति आक्रोश चुलिएको छ। प्रदेश सीमाकंनसूगै सुरु भएको बन्द श्रृंखला बीचमा केही दिन रोकिए पनि संविधान जारी भइरहँदा फेरि दोहोरिएको छ। चाडवाडको मुखमा आह्वान गरिएका बन्दले व्यवसाय चौपट भएको र आफूहरुलाई मर्का परेको भन्दै व्यवसायी आक्रोशित भएका हुन्। बन्द गर्ने र खुलाउने पक्षबीचको आक्रोश इलामको सडकमा छताछुल्ल भएको छ।  साढे ६ दशकको प्रतीक्षापछि जनमुखी संविधान बन्दा बहुसंख्यक नागरिक खुसीयाली र विजयोत्सवमा रमाइरहूदा सीमित जनाधार भएका दल र संघ संस्थाले गरेका बन्द अर्थहीन हुने भन्दै इलाममा मंगलबार चर्को विरोध गरियो । झरी परिरहेको बेला स्वस्फुर्तरुपमा भेला भएका व्यवसायी भानुरत्न टोलदेखि नारायणस्थान हुूदै मालापथसम्म बन्दकर्ताविरुद्ध चर्का नारावाजी गर्दै पसल खुलाउन सक्रिय भए। चित्त नबुझेका बिषयमा वार्ताबाट समाधान निकाल्नुपर्ने भन्दै कहिल्यै बन्द नगर्न उनीहरुले सुझाए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us