भारतले नाकाबन्दी गरे पेट्रोल मात्र नभएर भारतीय फिल्म पनि नेपाल आउन छोड्नु पर्ने माग गरेर चर्चामा रहेका हास्य कलाकार दिपक राज गिरीले भारतले गल्ती गरेको भन्दै अर्को स्टेटस लेखेका छन् ।
भारतीय प्रधानमन्त्रीले नेपालमा वाही वाही पाइरहेको समयमा नेपाललाई चाहिँदै नचाहिएको दुत पठाएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेपछि उनी बदनाम बनेको दिपकको भनाइ छ ।
नेपाल र भारतको दुरी घटाएर वाही वाही पाएका नरेन्द्र मोदीले भूकम्पको समयमा लगाएको गुन पनि विर्सिने गरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु ठूलो गल्ती भएको दिपकको तर्क छ ।
उनले भनेका छन् – कुरो त्यॉहा बिग्रीयो जब उनले दूत पठाए….. हामिलाइ आबश्यकतै नभाको चिज पठाए पछि त समस्या हुने नै भो!!!’
दिपकले आफू मोदीको फ्यान भएको तर अहिलेको अबस्था लाइ हेर्दा उनले नेपाल भ्रमणताका गरेको भाषणमा तालि पिटेको मा मलाइ आत्मग्लानि हुन लागेको समेत भनेका छन् ।
हिँजो मात्र उनले भारतले नाकाबन्दी गर्दा पेट्रोल र तेल तथा खाद्यान्न मात्र नभएर भारतीय फिल्मको पनि नाकाबन्दी हुनु पर्ने बताएका थिए ।
स्मरणीय कुरा के छ भने मोदी नेपाल आएको समयमा उनको ब्यङ्ग्य गरेर बनाइएको दिपक राज गिरीको तितो सत्य सिरियल नेपाल टिभीले रोकेको थियो ।नेपाल हेडलाइन्समा खबर छ ।