Friday, 11 September 2015
प्रेमिका भेट्न पूर्वयुवराज पारस सुटुक्क लाओस पुगे
पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्याण्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको आओस पुगेका हुन् । उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्याण्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । पूर्वयुवाराज पारस र कन्निकाबीच थाइल्याण्डको फुकेटमा घटेको घटनाका कारण अझै किनारा नलागेकोले सोही घटनाका बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाओस पुगेको बताइएको छ । सर्वसाधारण जस्तै कसैलाई कुनै जानकारी नदिइ उनी सुटुक्क लाओस पुगेका हुन् । नेपाल समाचारपत्र दैनिकबाट ।