राष्ट्र संघको न्यूयोर्कस्थित मूख्यालय बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनकै देशका नागरिकले प्रदर्शन गरेका छन् । राष्ट्र संघ मूख्यालयबाहिर मोदीविरुद्ध सिख र पटेल समुदायले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।संयुक्त राष्ट्र शिखर सम्मेलनमा एक विशेष सत्रमा विकासबारेमा प्रधानमन्त्री मोदीले सम्बोधन गरिरहँदा उनीविरुद्ध सिख र पाटीदार समुदायको एक समुहले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
सिख्स फर जस्टिस एसएफजे को ब्यानरमा २ सय जना बढी सिखले पञ्जाबमा मानवाधिकार उल्लंघनको आरोप लगाउँदै विरोध गरेका हुन् ।उनीहरुले पृथक खालिस्तान राज्यका लागि सन् २०२० मा जनमत संग्रह गराउन पनि माग गरेका छन् ।
भारत र मोदी विरोधी नारा लगाएका प्रदर्शनकारीहरुले विश्व समुदाय र राष्ट्रसंघसँऊ माग पूरा गराउनका लागि कदम चाल्न आह्वान गरेका छन् ।