Thursday, 10 September 2015

नेपाली दुई चेलीलाई खानै नदिई बलात्कार गरेको खुलसा

भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो। दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाई चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनाका आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेर उनीहरूलाई मुक्त गरेको थियो। दुई महिनादेखि सामूहिक बलात्कारसँगै शारीरिक र मानसिक शोषणमा परेका उनीहरूले नेपाल फर्काउन आग्रह गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँस्थित नेपाली दूतावासको संयोजनमा उनीहरू बिहीबार दिउँसो नेपाल ल्याइएको हो।

नेपाल आइपुगेका दुवै महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संरक्षणमा लिएको छ। उनीहरूलाई वैदेशिक रोजगारीको आवरणमा पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुर्यासउने समूहको खोजी सुरु गरेको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले जानकारी दिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us