भारतले नेपालमाथि नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।
नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका थिए ।
यो ट्रेण्डमा हजारौं पाकिस्तानीहरु समेत सहभागी भएका छन् भने भारतकै पन्जाबीहरु समेत भिडेका छन् ।