Tuesday, 29 September 2015

राजेन्द्र महतोका ५० लाखे मधेशी जेहादीहरु नेपाली हुन् कि भारतीय ?

मधेशको आकांक्षा पुरा गराउने नाममा मधेशका केही दलका नेताहरु मध्ये राजेन्द्र महतोले गरेको ५० लाखको जेहादी तयार पार्ने फर्मान सुन्नमा बढो गजबको छ । यस्तो मान्छेलाई मर्न उत्तेजित गर्ने फर्मान राष्ट्रवादी नेपालीका मन मस्तिष्कबाट निस्कन सक्ने भाषा होईन । जेहादी बनाउँने पैसा कस्को हो कहाँबाट आउँछ रु कि मन्त्री भएका बेला ब्रम्हलुट गरेर कमाएको थियो कि अब जनतालाई लुटेर पैसा जुगाड गर्ने हो । उनी नेपाली नेता हुन् भने जनतालाई जानकारी गराउनु पर्छ होइन मिडियामा चर्चामा आउन खोजेको हो भने हावादारी उत्तेजित गफगर्नेमा उनी चर्चित नै छन् ।
यस्तो फर्मान जारी गर्ने महतो नेपालीहरु हुन् कि भारत नेपाल मैत्री सन्धि १९५० को धारा ७ का आवत जावत गर्ने भारतीय हुन । उनी कहिलेदेखि नेपाली नागरिकता लिएर नेपाली भएका हुन् । उनको पढाई लेखाई कहाँ भएको हो रु त्यो प्रमाण पत्रमा नेपाली भनेर लेखेको छ कि भारतीय भनेर लेखेको छ, राष्ट्रियतामा आँच आउने बक्तब्य दिई हिड्नेलाई कार्बाही गर्ने कानून नेपालका हालका शासकहरुसंग छ कि छैन । यस्ता अनेकौं प्रश्नहरु महतोका फर्मानबाट उब्जन सक्छन् ।
यस्ता फर्मानमा मर्न तयार पारिनेहरु को को हुन जालान् । हुने खाने धनी मानी नेताहरु अबश्य मर्दैनन् । मर्ने मारिने भनेका गरिव गुर्वा अनाडी नै पर्लान् यदि सरकारले ताकी ताकी गोली हान्यो भने । यस्ताखाले मधेशीहरु भारतबाट ल्याउलान् कि ल्याई सकेका छन् ।
साँच्चैका खाँटी जीउँदा नेपाली मधिशे नेताहरु छन् भने अगाडी आउनु पर्छ । हाम्रा मधेशका आदिवासी र उनीहरुका सन्तानहरु कता छन थारु, राजबंसी, मेचे, धिमाल, ताजपुरीया, गनगाँइ आदि पुराना जिमिन्दारहरुले बोल्ने बेला भएको छ । को नेपाली हो को भारतीय हो भनेर ।
अनेक तिकडम लाएर धारा ७ का भएर पनि नेपाली बनेका नेता छन् र हुन भने मधेशी नेताहरुले मात्र होईन पाहाडे नेताहरुले पनि मधेशबाट चुनाव जित्नका लागि के कति भारतीयलाई नागरिकता दिइका छन् साँचो कुरो उजागर हुनु पर्यो सरकारले नागरिकताको छानविन थाल्नु पर्यो। ३३ , ३४ सालमा खटिएको नागरिकता वितरण टोलीको रेकर्डले धेरै कुरा थाहा हुन्छ । नेताहरु लुते आशे, डरछेरुवा हुनु भएन । नेपाल भारत मैत्री सन्धिको धारा ७ पालन नगरेर नेपाली नेताहरुले गरेको भूलको परिणाम हो यो ।
धारा ७ का भारतीयलाई नागरिकता दिन लागि पर्ने त्यस्ता नेताहरु मरेर जानेहरु त मरिसके होलान् उनीहरुका उत्तराधिकारी जो हालसम्म नेताका नामले बाँचेका छन् तीनीहरुले साँचो कुरो जनसमक्क्ष ल्याउनु पर्यो । जनमत संग्रहताक पंचायतलाई जिताउन २४ लाख भारतीयलाई दिएको नागरिकताको हिसाव भारत सरकारको संसदमा रेकर्ड छ । ४६ सालमा राजाको कान्छो भाइ जस्तै बनेका गिरिजा प्रसाद कोइरालाको हुकुमबाट धारा ७ का भारतीयहरुलाई दिएको नागरिकताको हिसाब किताप हुनु पर्छ । यो काममा सरकारलाई सहयोग गर्ने दायित्व कांग्रसी हरुको हो । धारा ७ का भारतीयहरुलाई हचुवाका भरमा दिएको नागरिकताको भागबण्डे होईन निष्पक्ष आयोग बनाएर सरकारले यथार्थ विवरण सार्वजनिक गर्नै पर्छ । यस्तै गरेर पहिलो संविधानसभा ताक पराईको आदेश पालन गरेर गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाल समेत ३ जनाको मिलेमतोले ७ जनाको सर्जमिन गरेर धारा ७ का ४० लाख भारतीयहरुलाई दिएको नेपाली नागरिकताको हिसाव जनतालाई मात्र होईन उनीहरु र उनीहरुका पार्टीका समर्पित, समर्थक साथै आशे गाँशे कट्कन्दार, ठेकेदारा एवं तथाकथित नेताहरु आफैले आफैलाई पछुतो मानेर जवाफ दिने बेला अब भने आएको देखिन्छ ।
डि.आर. कोइराला
श्रोत पुर्बेली न्युज

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us