Wednesday, 30 September 2015

मोदीद्वारा नेपालका प्रधानमन्त्रीसँग फोन वार्ता अस्वीकार !

काठमाण्डु, १२ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग फोन वार्ता गर्न अस्वीकार गरेका छन् ।

भारतद्वारा एक सातायता जारी नाकाबन्दी हटाउने प्रयासमा कोइरालाले मोदीसँग टेलिफोन वार्ता गर्न चाहेका थिए । कोइरालाले तीन विगत दिनदेखि विभिन्न च्यानलमार्फत टेलिफोन वार्ताका लागि गरेको आग्रहबारे मोदीले कुनै चासो दिएका छैनन् ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीको निर्णयबिना कसैले नाकाबन्दी खोल्न नसक्ने जानकारी गराएपछि कोइरालाले मोदीसँग वार्ता प्रयास गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभामा सहभागी हुने सिलसिलामा मोदी न्यूयोर्कमा छन् । संविधान जारी भएलगत्तै मुलुकमा असहज परिस्थिति सिर्जना भएको भन्दै प्रधानमन्त्री कोइारालाले अन्तिम समयमा आएर राष्ट्र संघीय महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम रद्ध गरेका थिए ।
स्रोतका अनुसार कोइरालाले यसअघि न्यूयोर्कमा साइडलाइन वार्ताका लागि तयार भए आफू न्यूयोर्क जान तयार रहेको खबर पठाउँदा पनि मोदीले जवाफ दिएका थिएनन् ।
नेपालमा संविधान जारी भएपछि रुष्ट बनेको भारतले अझैसम्म संविधानप्रति समर्थन जनाएको छैन । मधेस केन्द्रित दलका माग सम्बोधनका लागि दबाब दिँदै आएको भारतले आफूले भनेजस्तो नभएपछि नेपालमाथि अघोषित नाकाबन्दी गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us