
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले सोमबार पत्रकार सम्मेलनमामा नयाँ संविधान घोषणा भएकोमा स्वागत गर्दै नेपाल र नेपालीलाई बधाई दिए ।
प्रवक्ता होङ लेइले नयाँ संविधान जारी हुँदा चीन र चिनियाँ जनता खुसी भएको भन्दै यसले दुई देशको सम्वन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने जनाएको छ । साथै, नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्न चीन तयार रहेको प्रवक्ता होङले बताए ।
नयाँ संविधानले नेपालमा राष्ट्रिय एकता, स्थिरता र विकासमा सहयोग गर्ने चीनको विश्वास छ ।