अभियानका प्रवक्ता डा.विनोद न्यौपानेले
जारी गरिएको विज्ञप्तिमा देशलाई विघटन र विसर्जनको दिशामा धकेल्न खोजिएको
भन्दै ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको बताइएको छ । न्यौपानेले
रातोपाटीसँग कुरा गर्दै दीर्घकालमा अभियानले पार्टीको आकार लिन सक्ने बताए ।
यो नयाँ शक्तिमा डा. देवकोटासहित भरत दाहाल, अनारसिंह कार्कीलगायतका व्यक्तिहरु रहेका छन् ।
उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ :
नेपालको संवेदनशिल भू–राजनीतिक महत्वलाई
दुरुपयोग गरेर देशभित्र र बाहिरका अबान्छित शक्तिहरुको स्वार्थको
प्रयोगशाला बनाउने योजनानुसार विगत केहि बर्षदेखि गहिरो बनाउँदै ल्याईएको
संकट अब सारभूत रुपमा राष्ट्रिय संकटका रुपमा विकास भएको छ । नेपालीहरुका
राजनीतिक, आर्थिक, सामाजिक–साँस्कृतिक, नैतिक, जनजिविका आदि क्षेत्रका
समस्याहरु राष्ट्र ÷ राष्ट्रियताको प्रश्नका वरिपरि एकिकृत हुन पुगेका छन् ।
अबान्छित शक्तिहरुद्वारा विघटन र विसर्जनको दिशामा धकेल्न खोजिएको राष्ट्र÷राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकि समस्या समाधान गर्न संभव छैन भन्ने ऐतिहासिक अनुभवको निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान उठाउनका लागि डा.उपेन्द्र देवकोटाको संयोजकत्वमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन भएको छ ।
नेपालको मौलिकता, सापेक्षता र आवश्यकता अनुसार राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक प्रणालीको विकासका लागि मौलिक चिन्तन प्रणालीलाई संगठित गर्नु, आम देशभक्तहरु राष्ट्रको छातामुनि अटाउन सक्ने विचार र संगठनको निर्माण गर्नु तथा नेपालको स्वाधिनता र आर्थिक विकासको वाधाका रुपमा रहेको बाह्य दबावको अन्त्यलाई केन्द्रमा राखेर जनतामा जानु अभियानको मूख्य उद्देश्य रहेको छ ।
नेपालको संकटको समाधानको प्रश्न एक थान संविधान बन्नु वा नबन्नुमा निहित छैन । संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व गर्दैनन् । दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन । यसका लागि अभियानलाई साथ दिनका लागि हामी आम नेपालीहरुमा अपिल गर्दछौं ।