काठमाडौं, असोज १ । बैंककबाट काठमाडौं आएको थाइ एयरवेजको विमानमा आगलागी भएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो विमानको एउटा चक्कामा आगो लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ चक्कामा आगलागी भएको हो । बारुण यन्त्रद्वारा आगो निभाइएको स्रोतले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।