छिमेकी देश भारतले नेपालमा संविधान जारी भएकोमा विज्ञप्ति जारी गर्दै नयाँ
संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने उल्लेख गरेको
छ। विज्ञप्तिमा नयाँ संविधानलाई स्पष्ट शब्दमा स्वागत भने गरिएको छैन।

‘भारतले संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र
समावेशी संविधान बनाउन सहयोग गरिरहेको थियो‘ विज्ञप्तिमा भनिएको छ
‘भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेको
प्रति हाम्रो चासो छ। यस विषयमा काठमाडौंमा रहेका हाम्रा राजदुतले नेपालका
प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेका छन्।‘