Saturday, 5 September 2015

कैलालीका थारुले नेपाली नागरिकता त्याग्ने

छुट्टै पहिचानयुक्त संघका लागि आन्दोलनरत कैलालीका थारु समुदायका केही मानिसले नेपाली नागरिकता त्याग्ने भएका छन् । उनीहरुले जति माग गरेपनि र जति आन्दोलन चर्काए पनि राज्यले थारुहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको भन्दै उनीहरुले नेपाली नागरिकता त्याग्ने घोषणा गरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट लिइएको नागरिकता उनीहरुले जिल्ला प्रशासन कार्यालयमै लगी बुझाउने निर्णय सार्जजनिक गरेका हुन् । आफुहरुको आन्दोलनलाई समर्थन गर्नुको साटो उल्टै दमन गरेको भन्दै सरकारलाई दवाव दिन यस्तो निर्णय गरेका हुन् । थरुहट थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न ४ कैलालीको आयोजनामा मसुरियामा यहि भदौ २१ गते हुने विरोधसभावारे जानकारी गराउँन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताईएको हो। एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्ण कुमार चौधरी ‘कुन्दन’ थरुहट थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दवाब दिने उदश्यले नागरिकताको प्रमाणपत्र बुझाउँने र विरोध सभा आयोजना गर्न लागेको जानकारी दिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us