Wednesday, 9 September 2015

एसपीलाई पेट्रोल बम हानेपछि जनकपुरमा तनाव

काठमाडौं : मधेसी मोर्चाका कार्यकर्ताहरुलेसशस्त्र प्रहरीका एसपीलार्इ लक्षित गरेर पेट्रोल बम हानेपछि जनकपुर तनावग्रस्त भएको छ । जनकपुरको जानकी चोकमा प्रर्दशनकारीहरुले सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमा हानेको पेट्रोल बम भुइँमा खसेकाले मानवीय क्षति हुन पाएन । डिएसपी ठाकुर सवार भ्यानमा पेट्रोल बम हानिएपछि झडप भएको हो । डिएसपी ठाकुर भ्यानलाई सकुशल भींडबाट निकालिएको छ । जनकपुरमा प्रर्दशनकारीहरुले केही खुलेका चियापसल समेत विहानै देखि बन्द गराएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us