Friday, 25 September 2015

चालकलाई धम्की– “तेल लिन आए यहीँ जलाएर मारिदिन्छौं”

९ असौज, वीरगन्ज  ।
भारतीय सीमा नाकामा तेल लिन गएका ट्यांकरका चालहरुलाई स्थानीयहरुले ज्यान मार्ने धम्की दिएपछि उनीहरु असुरक्षित बनेका छन् । योसँगै नेपाल आयल निगमले इन्धन लिन गएका ६४ वटा टयाङ्कर भारतको रक्सौलमा दुइ दिन देखि अलपत्र परेका छन् ।
रक्सौलमा रहेको भारतीय आयल निगम आइओसीले डिप्पो भित्र छिर्नै नदिएका कारण आयल निगमका खाली टयाङ्करहरु विहिबार बिहानैदेखि डिपो अगाडी अलपत्र परेको नेपाल आयल निगमको अमलेखगन्ज डिप्पोका प्रमुख भानुभक्त खनालले बताएको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।
समाचारमा उल्लेख भएन अनुसार, आइओसी डिप्पो बाहिर पार्किङ गरि राखिएका नेपाली टयाङ्करका चालकहरुलाई थप धम्की समेत दिइएको छ । रक्सौलका स्थानीयले कुटने पिटने र ज्यान मार्ने समेतको धम्की दिएको ना २ ख ७३९१ नम्बरको टयाङकरका चालक श्याम बन्जाडाले बताए ।
रक्सौलका स्थानीयहरुले पटक पटक ज्यान मार्ने धम्की समेत दिएको उनले बताए । नेपालमा हडताल छ , तिमीहरु भने तेल लिन आउने , यही जलाएर मारिदिन्छौ ,शुक्रबार रक्सौलमा भेटिएका उनले अन्नपूर्ण पोष्टसंग भने , हामीलाई ज्यान जोगाउनै गा¥हो भइसकेको छ ।
पहिले पहिले तेल लिन आउदा गेटका गार्डले सलाम ठोक्दै भित्र प्रवेश गराउथे , ना २ ख ४०५० नम्बरको टयाङकरका चालक चित्र बहादुर थापाले भने , तर अहिले आउदा त माथिको आदेश छैन भन्दै गेट नै खोलेनन् ।
रक्सौलमा फसेका खाली टयाङ्करका चालकहरु असुरक्षित रहेको नेपाल आयल निगमको अमलेखगन्ज डिपोका प्रमुख खनालले पनि बताए ।
चाकलहरुले रुदै हाम्रो ज्यान जोगाइदिनुस् भनेर फोन ग¥या ग¥यै छन् , शुक्रबार अन्नपूर्ण पोष्टसँग उनले भने , टयाङकर छोडेर फर्क भन्ने अवस्था पनि छैन, म त एकदमै तनावमा छु ।
दशगजा क्षेत्रमै मधेशी दलले विहिबार बिहानै देखि दिनरात २४ सै घण्टा धर्ना दिएर नाका ठप्प पारेका कारण रक्सौलमा फसेका टयाङकरहरु फिर्ता ल्याउन नसकिएको उनले बताए ।

तेल भर्न दिएपनि नाका ठप्प रहेका कारण टयाङकर नेपाल पठाउन सकिने अवस्था नरहेकाले आइओसीका अधिकारीले नेपाली टयाङकरहरुलाइ डिप्पो भित्र प्रवेश गर्न नदिएको खनालको भनाई छ ।
तेल भरेर डिपो भित्रै टयाङ्कर राख्दा झन बढी जोखीम हुन्छ भन्छन् , खनालले भने , यही बहाना देखाएर आइओसीका अधिकारीहरुले नेपाली टयाङ्करहरुलाई भित्र छिर्न दिएका छैनन् ।
रक्सौलमा फसेका टयाङकर चालक र मजदुरहरु भारतीयबाट असुरक्षित रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल एनओसी रुट इकाइका अध्यक्ष रवी गुरुङले पनि बताए ।
रक्सौलमा फसेका चालकहरुलाइ ज्यान मार्ने धम्की आइरहेको छ , उनले भने , नाका ठप्प हुदा हुदै पनि आयल निगमले जबरजस्ती पठाएर उनिहरुको ज्यान जोखीममा पारेको हो । रक्सौलमा फसेका चालक र मजदुरहरुलाइ नेपाल फर्काउन आयल निगमले सहयोग नगरेको गुनासो उनले गरे ।
यस्तै मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण पेट्रोलियम पदार्थ लिनका लागि भारतको रक्सौल नाकासम्म पुगेका एक सय ३० वटा ट्यांकरहरु बिहिबार राती तेल नलिईकन रित्तै फर्किएका छन् ।
विहिबार बिहान प्रहरी स्कर्टीङ्मा वीरगन्ज रक्सौल नाका सम्म पुगेका एक सय ३० वटा ट्यांकरहरु नाका ठप्प भएका कारण बोर्डरबाटै खाली फर्काइएको आयल निगमका अमलेखगन्ज डिप्पो प्रमुख खनालले बताए ।
नेपाल भारतको दशगजा क्षेत्रमै आन्दोलनकारीहरु राती समेत धर्नामा बसेकाले तेल लिनका लागि टयाङकरहरु रक्सौल पठाउन सक्ने अवस्था नभएकाले नाकाबाटै फकाईएको उनले बताए ।
आन्दोलनकारीहरुले नाकाबन्दी गरेकाले बिहिबार बिहानै देखि भारतबाट इन्धनको आयात ठप्प भएको खनालले जानकारी दिए । topnepalnews.com

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us