Friday, 25 September 2015

सनसनीपूर्ण खुलासाः मधेसलाई अलग राष्ट्र बनाएर ‘भारतमा गाभ्ने’ बाचा !

५ असोज, काठमाडौं । नेपालको संविधान बने देखि रिसाइरहेको भारतले नाकाबन्दी गर्ने धम्की दिइरहेका बेला एक प्रमुख भारतीय पत्रिकाले सनसनीपूर्ण खुलासा गरेको छ । भारतकै चर्चित पत्रिका अमर उजालाले नेपालको मधेस आन्दोलन बारे विवादास्पद समाचार प्रकाशित गर्दै आन्दोलनको औचित्य प्रष्ट पारेको हो ।
भारतीय पत्रिकामा प्रकाशित समाचारलाई संक्षेपमा बुझ्दा मधेस आन्दोलनका नेतृत्वकर्ताहरुले मधेसलाई अलग राष्ट्र बनाउन भारतबाट सहयोग मागेका छन् । भारतीय नेता सँग पछि मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर मधेस आन्दोलनमा भारतको सहयोग मागेका हुन् । मधेसी नेताहरुले मागेको सहयोगका आधारमा अहिले भारतले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गरेर चेतावनी दिन थालेको छ ।

संविधान जारी भएपछि २४ घण्टामा दुई दुई वटा विज्ञप्ती जारी गर्दै भारतले चेतावनी देखि नाकाबन्दीको धम्की सम्म दिएको छ । यसले के प्रष्ट पार्छ भने मधेसी नेताकै बाचा अनुसार भारतले नेपाल माथि दबाब सिर्जना गरेको हो । नेपालमा मधेसी राष्ट्र निर्माणको माग जोरदार उठिरहेको छ । एक संगठनले यसका लागि रणनीति पनि बनाई सकेको छ । नेपालका २२ जिल्लामा आन्दोलन चलिरहेको छ ।

आम नागरिकलाई यो आन्दोलनसँग जोड्न मधेसी राष्ट्रगान र राष्ट्रध्वज प्रस्तावित स्वरुप पनि संगठनले तयार पारेको छ । यति मात्रै होइन मधेसलाई देश बाटै अलग राष्ट्र बनाउन नक्सा पनि जारी गरिएको छ । प्रथम चरणमा आन्दोलनकारीहरु गोष्ठी सभा र शान्तिपूर्ण धर्ना प्रदर्शनबाट आन्दोलनलाई तेज बनाइरहेका छन् । आन्दोलन अमेरिकाबाट फर्किएका एक वैज्ञानिकको नेतृत्वमा सञ्चालन गरिएको छ ।

नेपालमा माओवादी जनयुद्ध सकिए पछि नेपाल सरकार सामु अब मधेस राष्ट्र निर्माणको आवाज बुलन्द हुन थालेको छ । मधेस राष्ट्र निर्माणका लागि स्वतन्त्र मधेस गठबन्धन नामक संगठन सक्रिय भएर लागेको छ । नेपालका लगभग सवा करोड मधेसी जनतालाई एकजुट गर्ने दिशामा संगठनले काम गरिरहेको छ । मधेसीहरु भन्छन् कि पूर्व मेची देखि पश्चिम राप्ती नदी सम्मको भूभाग मधेसीको नाममा थियो ।
संगठनका केन्द्रीय प्रवक्ता अब्दुल खान भन्छन् सन १८१६ मा मधेसलाई इण्ड इण्डिया कम्पनीले नेपालका राजालाई दुई लाख रुपैयाँमा बेचेका थिए । यो सम्झौता अंग्रेजी अधिकारी रेजिडेन्ट एडवर्ड गार्डनर र जी वेल्सेईको रहोवरमा भएको केन्द्रीय प्रवक्ता खानले बताए । त्यस पछि इस्ट इण्डिया कम्पनीले राप्ती देखि महाकाली नदी सम्मको भूभाग सहयोग स्वरुप नेपाललाई दिएको थियो ।
अब्दुल खान भन्छन् मधेसी उत्पीडन र रंगभेदी विरुद्ध नेपालवासी चन्द्रकान्त सीके राउतको अगुवाईमा आन्दोलन चलिरहेको छ । डा. राउत अमेरिकाका वैज्ञानिक थिए र उनी मधेस आन्दोलनको नेतृत्व गर्न नेपाल फर्किए । मधेसी नेताहरुले महात्मा गान्धिलाई राष्ट्रपिता मानेका छन् । सबै काम गान्धिकै लाईनमा गरिरहेका छन् ।
मधेस आन्दोलनकारीले भारत सँग वाचा गरेका छन् । उनी भन्छन् भारतकै सिफारिसमा नेपाललाई संयुक्त राष्ट्रमा सहभागी गराइएको हो । यस्तो भारतले मधेस आन्दोलनलाई सहयोग गर्नु स्वभाविकै हो । र अब नेपाल सरकारलाई भारतले तिव्र दबाब दिनुपर्छ । यसका लागि भारतले नेपालमा राजनीतिक दललाई चेतावनी दिएरै पत्र लेख्नुपर्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us